BBC News, नेपाली - होमपेज
मुख्य समाचार
कतारी अमिरको भ्रमणबाट के नेपाल यथेष्ट लाभ लिन चुकेको हो
नेपाली कामदारहरूले उस्तै प्रकृतिको कामका लागि इजरेल र दक्षिण कोरियामा पाइरहेको तलबभन्दा कतारले निकै कम पारिश्रमिक दिने गरेको जानकारहरू बताउँछन्। तर कतारी अमिरको भ्रमणका बेला यो विषयले किन स्थान पाएन?
कांग्रेस नेता आलमसहित चार जनालाई जन्मकैदको फैसला
जिल्ला अदालत रौतहटका स्रेस्तेदार उद्धव ढोडारीका अनुसार प्रतिवादी ११ जनामध्ये चार जनालाई जन्मकैदको फैसला भएको हो।
अग्निपथः नेपाल-भारत सम्बन्धको विरासत 'जोखिममा', नेपाली युवा भर्तीको आसमा
अग्निपथ योजनाबारे नेपाल सरकारले जनाएको असहमतिपश्चात् भारतीय सेनामा नेपाली युवाको भर्ती बन्द भएको छ।
भारतको निर्वाचनमा बेङ्गलुरुमा मतदाता 'लोभ्याउन सित्तैमा बिअर र ट्याक्सी सवारी'
भारतका विभिन्न स्थानमा चरणबद्ध निर्वाचन भइरहेको छ। बेङ्गलुरुमा दोस्रो चरणअन्तर्गत शुक्रवार मतदान हुन लागेको छ।
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो
लामो दूरीमा मार हान्न सक्ने क्षमताका अस्त्र युक्रेनलाई दिन अमेरिकी सेना अनिच्छुक भए पनि कसरी युक्रेनलाई उपलब्ध गराइयो?
लन्डनमा जब सेनाका पाँचवटा घोडा बिच्किएर भागे
लन्डनमा बकिङ्गम दरबारनजिकै नियमित अभ्यासका क्रममा घोडाहरू घोडचढीलाई खसालेर भागेका थिए।
मध्य तथा पश्चिम तराईमा शुक्रवारसम्म तातो हावा चल्ने चेतावनी, जोगिन के गर्ने?
नेपालको तराईमा धेरैतिर दुई दिनभन्दा बढ्ता ४० डिग्री सेल्सिअस माथिको तापक्रमसहित तातो हावा चल्ने अवस्था देखिएको भन्दै सरकारले उच्च सतर्कता अपनाउन चेतावनी दिएको छ।
अनि यो पनि
विदेशी विशिष्ट पाहुनालाई पहिला शीतल निवासमा राखिन्थ्यो, अहिले होटलमा किन
राणा प्रधानमन्त्री चन्द्र शम्शेरका छोरा कृष्ण शम्शेरले सरकारी ‘अतिथिगृह बनाउनकै लागि’ भनेर दान दिएको दरबारमा अहिले विदेशी राष्ट्रप्रमुखलाई राख्ने ठाउँ छैन।
कम्युनिस्टहरू मिल्दैनन् तर बारम्बार किन 'एकता वा सहकार्य'को कुरा गर्छन्
अहिले नेपालका कम्युनिस्टहरू कैयौँ दल, समूह र गुटमा विभाजित अवस्थामा रहेका छन्। नेपालको पहिलो वाम दलको गठन भने राणाकालमै विसं २००६ सालमा भारतको कोलकातामा भएको थियो।
भिडिओ, यी थाई महिलाले शरीरभरि किन 'यन्त्र' ट्याटू बनाएसमयावधि, 1,41
थाईल्यान्डमा शरीरमा विभिन्न आकृति खोप्दा सुरक्षा, बल र भाग्यमा वृद्धि हुने गरी शक्ति प्राप्त हुने मान्यता छ।
भिडिओ, के 'टोइलट पेपर' को सट्टा बिरुवाको पात प्रयोग गर्न सकिन्छसमयावधि, 2,08
'प्लेक्ट्र्यान्थस बार्बटस' नामक एउटा बिरुवाको पात निकै नरम हुन्छ र विश्वका विभिन्न स्थानमा यो शौच गरेपछि मलद्वार पुछ्न प्रयोग हुँदै आएको छ।
इरान किन धेरैतिर द्वन्द्वमा फसेको छ
द्वन्द्वका क्रममा हतियारधारी छाया समूहको प्रयोग दशकौंदेखि इरानी राष्ट्रिय सुरक्षा रणनीतिको हिस्सा रहँदै आएको छ, ती समूह को हुन् र इरान के चाहन्छ?